गौचनको हत्याप्रति विप्लवको पार्टीको घोर भत्सर्ना (विज्ञप्तिसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति घोर भत्र्सना गरेको छ ।

विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको भएको बताएका बताउँदै उनले यो घटनाले राज्य भित्र नागरिहरूको सुरक्षाको अवस्था कति अस्तव्यस्त छ भन्ने सावित गरेको जनाएका छन् । विज्ञप्तिमा उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला भनेका छन् ।
विज्ञप्तिमा ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।’ विज्ञप्तिमा भनिएको छ ।

नेता विप्लवले यस्तै घटनाले देशमा संसदीय व्यवस्था असफल भएकाले सुरक्षा र शान्तिकालागि वैज्ञानिक समाजवाद आवश्यक रहेको पनि बताएका छन् । गौचन हत्याप्रति दुःख व्यक्त गर्दै गोली काण्डका अपराधीहरूलाई कार्यवाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्