प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, के भयो त कुराकानी ?

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

आइतबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्