माधव नेपाल भन्छन्- कांग्रेसले भोट नहालिदिएकाले हामी हार्‍यौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन्।

मुस्लिम इत्तेहाद संगठन नेपालको आइतबार काठमाडौंमा बसेको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रोसँग भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले हार भोग्नु परेको गुनासो गरेका हुन्।

‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने थियो’, उनले भने, ‘तर यो कुरा कांग्रेसले पनि बुझ्न सकेन। जुन कुरा नबुझ्दा समस्या भयो।’

उनले नेकपा माओवादी केन्द्रभित्र पनि यस्तै स्थिति रहेको बताउ। नेपालले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्