एकीकृत समाजवादीबाट नयाँ मन्त्री : कसलाई कुन मन्त्रालय ?

काठमाडौं, जेठ २२ । सत्ता साझेदार एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ।

फिर्ता बोलाइएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्।

यी मन्त्री फिर्ता भएसँगै नयाँले अवसर पाएका छन्। हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङले त्यहीँ मन्त्रीको जिम्मेवारी पाएका छन्।

त्यसैगरि समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम मन्त्री बनाउने भएको छ। एकजना नेताका अनुसार हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्ने पक्का भएको छ।
मन्त्रीहरुको नियुक्ति र शपथ आजै हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्