रगतको मूल्य बढ्यो , अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्‍म

काठमाडौँ , जेठ २२ । सरकारले रगतको मूल्य पनि बढाएको छ ।  सरकारले सबै रक्तसञ्चार केन्द्रहरूलाई पत्र पठाउँदै रगतको नयाँ मूल्य तोकिएको जनाएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा नयाँ मूल्यबारे केन्द्रहरूलाई पठाइएको पत्रमा अब प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम भएको जनाइएको छ ।

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेको थियो ।मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्