माओवादीले पार्टी सदस्यबाट एक महिनाभित्र आठ करोड रुपैयाँ उठाउने

काठमाडौ.,जेठ २२ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पार्टीका हरेक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ।

पार्टीका पूर्व स्थायी कमिटीका सदस्यहरुको आइतबार बिहान खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी कार्यालय भवन विस्तार तथा व्यवस्थापन गर्न एकपटक सबै सदस्यहरुसँग रकम संकलन गर्ने निर्णय भएको पूर्व स्थायी समिति सदस्य गणेश शाहले बताए।

‘८ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको छ,’ शाहले भने, ‘यो एकपटक मात्रै रकम संकलन गरिन लागिएको हो।’

कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ८ करोड रुपैयाँ जम्मा हुने भएको छ ।बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्