सुदूरपश्चिममा चाहेजत्ति विकास हुन सकेको छैन , अब भने हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ , जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म सुदूरपश्चिममा चाहेजत्ति विकास नभएको स्वीकारेका छन् ।

आइतबार काठमाडौँमा आयोजित सुदूरपश्चिममाञ्चल सरोकार मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सुदूरपश्चिममा चाहेजत्ति विकास हुन सकेको छैन अहिलेसम्म,’ उनले भने, ‘तर अब भने हुनेछ । यसका लागि संघीय सरकारले के गर्नुपर्ने हो, त्यसमा संघीय सरकार दृढ छ ।’

उनले अब भने सुदूरपश्चिमको विकास फड्को मार्ने बताए । ‘संघीय सरकार सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसमा हामी अब काम गर्नेछौँ ।’

यस्तै उनले सुदूरपश्चिम देशको छुट्टै पहिचान र परिचय भएको प्रदेश भएको बताए । यसलाई उपेक्षा गर्न नमिल्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताए ।

‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन । सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन् । हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘फेरि पनि पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ । महाकाली त्यही छ, पश्चिम सेती त्यही छ । त्यहाँ थुप्रै सम्भावनाहरू छन् ।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए ।

हुन पनि हो यस प्रदेशमा विकास हुन सकेको छैन् । बाटोघाटो लगाएतका विकासका निमार्णका काम हुन सकेका छैनन् । जुन सुकै नेता कार्यकर्ता आएपनि भनेको जति विकास हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्