मृत्तक नौंमध्ये ६ जनाको सनाखत, घाइते सबैको खुल्यो परिचय खुल्यो (नामसहित)
काठमाडौं, जेठ २२ । रुपन्देहीको भैरहवा-परासी हुलाकी सडक खण्डअन्तर्गत रोहिणी पुलमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएकामध्ये नौंमध्ये ६ जनाको सनाखत भएको छ ।
३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो । उनीहरूमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २४ जनाको उपचार चलिरहेको छ । घाइतेको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिएका छन् ।
मृतकहरुको नामावली
१. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका- ४ बस्ने वर्ष ६५ का राजेन्द्र पाण्डे ।
२. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका- ८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल ।
३. रुपन्देही तिलोत्तमा नगरपालिका- २, योगीकुटी बस्ने वर्ष ५६ का विष्णु पौडेल ।
४. रौतहट चन्द्रनिगाहपुर बस्ने वर्ष २० का दिनेश दास ।
५. रुपन्देही बुटवल उपमहानगरपालिका-११, कालिकानगर बस्ने वर्ष ४८ का कृष्णप्रसाद बस्याल ।
६. भारत जनकपुरग्राम बस्ने वर्ष ४० का अरविन्द शर्मा ।
७. नाम, थर, वतन नखुलेका वर्ष ३०-३५ को पुरुष ।
८. नाम, थर, वतन नखुलेका वर्ष अन्दाजी ४०- ४५ को पुरुष ।
९. हाल नाम, थर, वतन नखुलेको वर्ष ३० को पुरुष ।
घाइतेहरूको नामावली
१. जिल्ला धनुषा हंसपुर नगरपालिका- ३ बस्ने वर्ष १८ का मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका- १३ बस्ने वर्ष १८ का रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा नगरपालिका- १३ बस्ने वर्ष १८ का सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा नगरपालिका- १३ बस्ने वर्ष १५ का वरुण चौधरी ।
५. जिल्ला सिरहा, सिरहा नगरपालिका- ९ बस्ने वर्ष ३१ का राकेशकुमार दास ।
६. जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका- ५ बस्ने वर्ष २९ का तुलसीराम चौधरी । (सह-चालक)
७. जिल्ला धनुषा जनकपुर उ.नगरपालिका- २२ बस्ने वर्ष ३९ का विनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका- ६ बस्ने वर्ष १६ का सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका- ३ शंकरनगर बस्ने वर्ष ३६ का सुमन क्षेत्री । (बस चालक)
११. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका- ३ बस्ने वर्ष २० का राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने वर्ष २२ का वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ का गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने वर्ष ६० का जयाप्रसाद चापागाईं ।
१५. जिल्ला झापा बस्ने वर्ष ५६ की तुलसा चापागाईं ।
१६. भारत बस्ने वर्ष ३२ की सीता शर्मा ।
१७. भारत बस्ने वर्ष ५ की सन्दीपा शर्मा ।
१८. भारत बस्ने वर्ष ४ का यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका-३ बस्ने वर्ष २२ का विपिन बस्याल ।
२१. जिल्ला सिरहा सिरहा नगरपालिका-९ बस्ने वर्ष ३१ का राकेशकुमार दास ।
२२. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ का रामजनम दास ।
२३. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ की रिङ्की यादव ।
२४. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।
प्रतिक्रिया दिनुहोस्