प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटवार्ता संघ र प्रदेशको आगामी निर्वाचनका विषयमा केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएपछि पार्टी अध्यक्ष ठाकुर बालुवाटार पुगेका लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्