ज्यामरुङ्गको वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुको जोड
काठमाडौं, २१ जेष्ठ । धादिङ्ग, नीलकण्ठ–११(ज्यामरुङ्ग)को वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुले जोड दिएका छन् ।
नव निर्वाचित वर्डा अध्यक्ष राम बहादुर श्रेष्ठको संयोजकत्वमा शनिबार काठमाडौंमा भएको अनौपचारिक कार्यक्रममा नीलकण्ठ ११ (ज्यामरुङ्ग) को भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, खानेपानीलगायत वृहत्तर विकासमा केन्द्रीत हुन सरोकारवालाहरुले जोड दिएका हुन् ।
वरिष्ठ पत्रकार ऋषि धमलाले नीलकण्ठ, ११ (ज्यामरुङ्ग )को भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायत समग्र विकासमा केन्द्रीत भई काम गर्न नव निर्वाचित वर्डा अध्यक्ष राम बहादुर श्रेष्ठलाई आग्रह गरेका छन् उनले ज्यामरुङ्गको विकासको लागि आफु मेरुडण्ड भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आवश्यक बजेट निकास गर्न सम्बन्धित निकायसँग समन्वय गर्न आफू तत्पर रहेको बताए । ज्यामरुङ्गमा विकासको संभावना धेरै भएको बताउँदै उनले विगतमा खानेपानी, सडक, एम्बुलेन्स जस्ता विकास बजेट गएता पनि कार्यान्वयनमा चुनौति भएको बताए । विकासका लागि एजेण्डा सहित विज्ञको समिति बनाई अगाडि बढ्न अध्यक्ष श्रेष्ठलाई आग्रह गर्दै सबैको साझा व्यक्ति भई नमुना अध्यक्ष बन्न आग्रह गरे ।
भेलामा वर्डा अध्यक्ष राम बहादुर श्रेष्ठले सबैको धारणालाई समेट्दै नीलकण्ठ, ११ (ज्यामरुङ्ग )को भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिको विकास सहित सेवाग्राहीको सेव गर्नु नै आफ्नो प्रमुख दायित्व भएको बताए । उनले आफूलाई निर्वाचित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै निर्वाचन सकिएसँगै दलिय राजनीतिक भन्दा माथि उठेर काम प्रतिवद्धता व्यक्त गरे । भौगोलिक र राजनीतिक पुर्वाग्राही भावनाले काम नगर्ने बताउँदै उनले भने, ‘विगतमा पूर्वाग्राही तरिकाले काम गरेको पाईएको छ । त्यसबाट जनताले सास्ती व्यहोर्नु परेको थियो । म बाट त्यस्तो कार्य कदाचित हुने छैन । यसको लागि सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको छु ।’
एक्लै विकास गर्न संभव नभएको औल्याँदै उनले ज्यामरुङ्गको विकासमा हातेमालो गर्न सबैलाई आग्रह गरे । वर्डाको बजेटले मात्रै धेरै विकास संभव नभएकाले स्थानीय निकाय, प्रदेश र संघ मार्फत बजेट निकासा गर्न आफूले पहल गर्ने उनले बताए ।
नेपाली काँग्रेस धादिङ्गका नेता राकेश धमलाले नगरपालीका, प्रदेश र संघसंग समन्वय गरेर ज्यामरुङ्गलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्व प्रध्यापक भूमीनन्द धमलाले शुसान पहिलो प्राथकिता भएको बताउँदै शुसासनबाट नै विकास र राजनीतिक स्थायित्व हुने हुँदा सेवाग्राहीलाई संभव भएसम्म सेवा दिन अध्यक्ष श्रेष्ठलाई आग्रह गरे । उनले राजनीतिक आस्थाको आधारमा नभई आवश्यकतालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
यसैगरि समाजसेवी तथा पूर्व शिक्षक फणिन्द्र धमला लगातयले नव निर्वाचित अध्यक्षलाई सबै पक्ष्मसँग हातेमालो गरि जनताको सेवा र विकासमा केन्द्रीत हुन आग्रह गरे ।
कार्यक्रममा ज्यामरुङ्गका करिब १०० जना बुद्धिजीवी तथा युवहरुले उपस्थिति भई आ–आफ्नो सुझावसहित धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्