माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच खुमलटारमा भेटवार्ता

काठमाडौं, जेठ २१ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ । भेटमा समसामयिक राजनीति, संघीय संसदा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो । सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्