विश्वकपको एसियाली छनोटमा नेपालको पहिलो हार
काठमाडौँ , जेठ २१ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो हार व्यहोरेको छ ।
मलेसियाको क्वालालम्पुरमा शनिबार बिहान भएको खेलमा यूएईले नेपाललाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ८ ओभरमा १ बलमा समेटिँदा मात्र ८ रन जोड्न सफल भयो ।
नेपालले दिएको ९ रनको लक्ष्य यूएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । छनोटअन्तर्गत शुक्रबारको खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो ।
नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्