सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने बालेनको प्रतिबद्धता
काठमाडौं , जेठ २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् ।
सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । करिब एक सातादेखि काठमाडौंको फोहोर नउठेपछि मेयर उपमेयरसहितको टोली आज बिहान सिसडोल पुगेको थियो । “एक सातामा दुर्गन्धमुक्त हुनेगरी केमिकलको व्यवस्था गर्छाैं । कुहिने र नकुहिने फोहोर छुट्याएर मल र ग्याँस बनाउन सुरु गरिनेछ,” बालेनले भने ।
सिसडोलबासीले आफ्ना मागहरू पूरा नभएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । मेयर बालेनले फोहोर व्यवस्थापनमा रोक नलगाई सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्