सातासम्म उठेन काठमाडौंको फोहोर, फैलियो घरदेखि सडकसम्म दुर्गन्ध
काठमाडौं, जेठ २० । काठमाडौं महानगरमा एक सातादेखि फोहोर उठेको छैन। काठमाडौंका वडाहरूबाट नै फोहोर संकलन हुन नसक्दा घरदेखि सडकसम्म दुर्गन्ध फैलिएको छ।
महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार यसअघि संकलन गरिएका ४ हजार मेट्रिक टन फोहोर काठमाडौंमै छ। एक हप्तादेखि अन्य फोहोर संकल्न भएको छैन। फोहोर विर्सजन गर्न ठाँउमा अवरोध भएका कारण फोहोर संकल्न संकल्न गर्न नसकेको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरीता राईले बताइन्।
‘ल्यान्डफिल्ड साईटमा अवरुद्ध भएपछि फोहोर उठ्न नसकेको हो। साइट पटकपटक बन्द र अवरुद्ध हुने कारण फोहोर विसर्जन गर्न सकेका छैनौँ। फोहोर विसर्जन नसकेपछि संकलन गर्न सकिँदैन,’ राईले थपिन्, ‘महानगर प्रमुख र उपप्रमुख सिसडोल पुग्नु भएको छ। तर कहिलेदेखि अवरोध हट्ने हो, हामी निर्देशन कुरेर बसेका छौँ।’
सरकारले स्थानीयतका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरेडाँडाबासीले फोहोर फाल्न दिएका छैनन्। टेकुस्तित ट्रान्सफर स्टेसनमा संकलन गरिएको फोहोर व्यवस्थापन हुन नसक्दा त्यहा पनि स्थानीयले विरोध गरिरहेका छन्।
महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल शुक्रबार बिहान सिसडोल पुगेका थिए। फोहोर व्यवस्थापनका विषयमा बिहीबार साँझ नै प्रमुख शाहले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वैज्ञानिक व्यवस्थापन गरेर फोहोर बञ्चरेडाँडा नै लैजाने बताएकी छन्। सिसडोल पुगेका प्रमुख शाहले दुर्गन्ध हटाउने केमिकलको प्रयोग गर्न र फोहोरबाट मल ग्यास बनाउने विधिको प्रयोग गर्न अझै केही महिना लाग्ने बताएका थिए। काठमाडौैं महानगरमा दैनिक ५१६ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस्