बजेटमा उठेका प्रश्नको आज अर्थमन्त्रीले जवाफ दिंदै, यस्तो छ कार्यसूची

काठमाडौं , जेठ २० । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल शुरु भएको थियो ।

उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ(आफ्नो धारणा राखेका थिए । यस्तै आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्