पल शाहको मुद्दामा उच्च अदालत पोखरामा बहस सकियो, अब आदेशको प्रतीक्षा
काठमाडौं, जेठ १९ । । एक नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा भइरहेको सुनुवाइको बहस सकिएको छ ।
न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।
कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध पलका वकिलहरूले उच्च अदालतमा निवेदन दिएका थिए ।
पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनीहरूको माग छ । अब आदेशको प्रतीक्षा छ । सबैको ध्यान शाहतिरै गएको छ । के कस्तो आदेश आउला भन्नेर ।
प्रतिक्रिया दिनुहोस्