तारा एअर जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तले बुझे शव
काठमाडौं, जेठ १९ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आफन्तले बुझेका छन्।
आइतबार मौसम खराव हुँदा पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सिरानमा पर्ने सानोसरे भीरमा दुर्घटनामा परेको थियो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट शव संकलन गरी दुई चरणमा काठमाडौं ल्याइएको थियो।
काठमाडौं ल्याइएका शवको मंगलबार र बुधवार पोस्टमार्टम गरी बिहीबार आफन्तको जिम्मा लगाइएको हो।
प्रतिक्रिया दिनुहोस्