दरबार हत्याकाण्डको २१ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश भएको घटना अझै पनि रहस्यमै
काठमाडौं, जेठ १९ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । नारायणहिटी दरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि दश जनाको ज्यान लिएको हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै रहेको छ ।
वि।स। २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरबार हत्याकाण्ड’ लाई आम नेपालीले अझै भुल्न सकेका छैनन् ।
उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।
नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो ।
अधिकांश नेपालीले यो प्रतिवेदनमाथि शंका गर्दै फेरि निष्पक्ष आयोग बनाएर घटनाबारे छानविन गर्नुपर्ने बताउँदै आएका छन् ।
यसैबीच, राजा वीरेन्द्रको स्मृतिमा विभिन्न कार्यक्रमहरु गरिंदैछन् ।
प्रतिक्रिया दिनुहोस्