अन्तिम खेलमा विजयी हुँदै फ्रान्स विश्वकपमा छनोट

एजेन्सी । विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको छ । युरोेपियन छनोट अन्र्तगतको समूह ‘ए’ बाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई २–१ ले पराजित गरेको हो । तीनै गोल पहिलो हाफमा भएको थियो ।

घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान र ओलिभर जिरउडले गोल गरे । पराजित टिमका लागि एन्टोन सारोकाले सान्त्वना गोल फर्काए । २७ औं मिनेटमा एन्टेनियो ग्रिजम्यानको गोलबाट अग्रता लिएको फ्रान्सले ३३ औं मिनेटमा जिरउडको गोलबाट अग्रता दोब्बर पारेको थियो । म्याथुडिको क्रस पासलाई ग्रिजम्यानले सदुपयोग गर्दा जिरउडले ग्रिजम्यानको पासलाई सदुपयोग गरेका थिए । ४४ औं मिनेटमा बेलारुसका सारोकाले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा फ्रान्सले खेल २–१ आफ्नो पक्षमा पार्यो ।

प्रतिक्रिया दिनुहोस्