खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन

काठमाडौं, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०७९र८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा युवा तथा खेलकुद मन्त्रालय शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको हो ।
बहुप्रतिक्षीत मूलपानी मैदान निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्नेसहित सरकारले पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले बहुप्रतिक्षीत मूलपानी क्रिकेट रंगशाला निर्माणको काम यसै वर्षभित्र सम्पन्न आवश्यक वजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

२०६० सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको मूलपानी ९तल्लो० क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ ।

यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा वजेट विनियोजन हुँदै आएको छ । १२ हजार दर्शक क्षमताको यो रंगशालाको पूर्वतर्फ मुआब्जा समस्याको समाधार दुई वर्षअघि मात्र गरिएको थियो । अहिलेसम्म यो परियोजनका लागि सरकारले ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

कीर्तिपुर मैदानमा अब राती पनि क्रिकेट खेल्न सकिने व्यवस्था गर्ने भएको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिवि क्रिकेट रंगशालामा यसै आर्थिक वर्षमा फ्लड लाइट जडान गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे । आइतबार संसदमा पेश गरेको वजेटमा किर्तिपुर मैदानमा फ्लड लाइट निर्माणका लागि पनि रकम विनियोजन गरिएको छ ।

खेनेपाल क्रिकेट संघ क्यानले रात्रीको समयमा पनि क्रिकेट प्रतियोगिता आयोजना गर्न लामो समयदेखि सरकारसँग फ्लडलाइट जडानका लागि वजेट माग गरिरहेको थियो ।

खेलकुदको दीर्घकालीन विकासको ठोष लक्ष्यसहित सरकारले २० वर्षे गुरुयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा वजेट पेश गर्दै पुरुयोजना निर्माण र कार्यान्वयनका लागि रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।

नेपालको खेलकुदमा यसअघि पनि अन्तर्राष्ट्रिय सफलतामा आधारित दीर्घकालीन योजना तयार गरिएको थियो । तर, पूर्वाधार, प्रशासनिक र प्रतियोगितामा आधारित गुरुयोजनाका लागि भने अहिलेसम्म काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्