सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन, अनलाइन पत्रिकालाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान
काठमाडौं, १५ जेष्ठ। सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै सञ्चार क्षेत्रलाई सो रकम छुट्याएका हुन ।
उनले दूरसञ्चार क्षेत्रलाई प्रभावकारी बनाउने, साइबर सुरक्षा केन्द्र, डिजिटल फ्रेमवर्क लगायतका बिषयलाई समेटेका छन् । बजेटमा लोककल्याणकारी विज्ञापन पत्रपत्रि सहित अनलाइन पत्रिकालाई पनि प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्