विमान खोज्न पोखराबाट उद्धारकर्मीसहित सेनाको हेलिकप्टर मुस्ताङतिर उड्यो

काठमाडौं, जेठ १५ । बेपत्ता विमानको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर पोखराबाट उडेको छ।

मौसममा पूर्ण सुधार आइन सके पनि सेनाको हेलिकप्टर मुस्ताङको लेतेतर्फ उडेको गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले जानकारी दिए।

उद्धारकर्मीसहितको हेलिकप्टर यसअघि खराब मौसमका कारण पोखरा विमानस्थलमा अवतरण गरेको थियो।
यस्तै मुस्ताङको घासा पोष्टबाट नेपाली सेनाको टोली पनि लेतेतर्फ लागेको छ। सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए। लेते आसपास विमान दुर्घटनामा परेको आशंका गरिएको छ। अहिलेसम्म आधिकारीक पुष्टि भइसकेको छैन।

जोमसोममा पनि फिस्टेल एयरको हेलिकप्टर खोजीका लागि तयारी अवस्थामा छ। यसअघि जहाज बेपत्ता भएको आसपास पुग्न नसकेपछि हेलिकप्टर जोमसोम विमानस्थल नै फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्