मौसम सुधार हुनासाथ हराएको जहाज खोज्न हेलिकोप्टरसहितको टोली तयारी अवस्थामा, पैदल टोली पठाइयो

काठमाडौँ , जेठ १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको ट्वीनअटर जहाज हराएको स्थानमा हालसम्म खोज तथा उद्दार कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । प्राधिकरणले एक विज्ञप्ती जारी गरेर यस्तो जानकारी दिएको हो ।

उक्त स्थानमा रातीबाटै वर्षा भएको र मौसम प्रतिकुल भई दृष्यता९भिजिविलिटी० कम भएपछि खोजीका लागि हेलिकोप्टर पठाउन नसकिएको जनाएको छ ।
जोमसोमबाट उक्त स्थानमा पठाइएको हेलिकोप्टर पनि खराब मौसमका कारण फर्किएको प्राधिकरणले जनाएको छ ।

हराइरहेको जहाज खोजीका लागि काठमाडौँ, पोखरा र जोमसोमबार हेलिकोप्टर पठाउन तयारी अवस्थामा राखिएको भए पनि मौसम खराब भएका कारण पठाउन सकिएको छैन ।

मुस्ताका स्थानीयका अनुसार सो क्षेत्रमा विस्तारै मौसम खुल्दै गएको छ । उक्त जहाज हराएको ठाउँमा सुरक्षाकर्मीसहितको खोज तथा उद्दार टोलीलाई पैदलबाटोबाट पठाउन लागिएको छ । तर, दुर्घटना भएको आशंका गरिएको स्थलसम्म पुग्न सो पैदल टोलीलाई झण्डै १० घण्टासम्म लाग्न सक्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्