काठमाडौं, १५ जेष्ठ । आज १४ औ गणतन्त्र दिवस । नेपालमा गणतन्त्र घोषणा भएको १४ वर्ष लागेको छ । २०६२/०६३ सालको जनआन्दोलनपछि २०४७ सालको नेपाल अधिराज्यको संविधान खारेज गर्दै अन्तरिम संविधान जारी भएको थियो ।

सो अन्तरिम संविधानले राजाका अधिकारहरू कटौती गरेको थियो भने २०६४ सालमा संविधान सभाको निर्वाचन सम्पन्न भएपछि २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपालमा संवैधानिक राजतन्त्रको अन्त्य गर्दै विधिवत् रूपमा गणतन्त्र घोषणा भएको यस दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइदै आएको छ । गाणतन्त्र दिवस आज सैनिक मञ्च टुडिखेलमा विभिन्न कार्यक्रम गरि मनाइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्