देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं , जेठ १५  । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज (आइतबार) बिहान देशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आइतबार दिउँसाे भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ। बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्