ओलीलाई प्रचण्डको चुनौती- अब प्रधानमन्त्री बनेर देखाउनुस् !

 

काठमाडौँ , जेठ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् ।

संसद्मा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शनिबार विचार राख्दै प्रचण्डले यस अघि दुई पटक माओवादीकै सहयोगमा ओली प्रधानमन्त्री बनेको उल्लेख गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

प्रचण्डले भने- तपाइँ दुई पटक नै माओवादीको बैशाखी टेकेर प्रधानमन्त्री बन्नु भएको हो । पहिलो पटक माओवादीको सहयोगमा प्रधानमन्त्री बन्नु भयो, दोस्रो पटक हाम्रो भोटमै प्रधानमन्त्री बन्नु भएको होइन ? अब बनेर देखाउनुस, अब एमालेको प्रधानमन्त्री बनेर देखाउनु भयो भने मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्