बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं, जेठ १३ । बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार प्रस्ताव दर्ता गराएकी हुन्।

प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह गरिमा, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्।

प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ।

समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरु बढिरहेको, डर त्रास, लोभलालच वा विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण समयमै उजुरी दिन नसकेको र उजुरी दिन सक्षम भइसक्दा हदम्यादका कारण पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्था देखिएले ऐन पुनरावलोकनका लागि प्रस्ताव ल्याइएको संकल्पमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्