गाडी दुर्घटनामा रेनु दाहाल घाइते, यस्तो छ अवस्था

काठमाडौं , जेठ १३ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा उनी चढेको गाडी पोलमा ठोक्किएको हो ।

गाडीमा सवार रेनुको टाउकोमा सामान्य चोट लागेको र अहिले उनको सुमेरु अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रदेश ३–०१–०२३ नम्बरको गाडीको टायर पन्चर भएर पोलमा ठोक्किएको बताइएको छ । गाडीमा उनको परिवारका अन्य सदस्य भएपनि अरुलाई केहि नभएको बताइएको छ ।दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्