मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनालाई विश्वकपमा स्थान

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेपछि इक्वेडरलाई ३–१ ले पराजित गरेको अर्जेन्टिनाले विश्व कपमा स्थान पक्का गरेको छ ।

अन्तिम खेलमा अनुकुल नतिजा निकाल्दै अन्य खेलहरु पनि आफ्नो पक्ष्यमा नतिजा आएपछि छनोट चरण तेस्रो स्थानमा अन्त्य गरेको मेस्सीको अर्जेन्टिनी टोलीले विश्वकपमा स्वतः स्थान बनाएको हो । अर्जेन्टिनाले जितसँगै २८ अंक बनायो भने पेरु र कोलम्बिया बराबरी खेलेपछि तेस्रो स्थान पक्का भएको हो ।

रोमारियो इबाराले खेलको पहिलो मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई थप समस्यामा पुर्याएपनि मेस्सीले १२ औं मिनेटमा अर्जेन्टिनालाई बराबरीमा पुर्याएका थिए । मेस्सले पुनः २० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

मेस्सीले दोस्रो हाफको ६२ औं मिनेटमा राम्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्