काठमाडौं-१५ मा एकीकृत समाजवादीका डंगोल निर्वाचित

काठमाडौं , जेठ १२ । नेकपा एकीकृत समाजवादी ( एस)ले काठमाडौं महानगरको वडामा पहिलो जित निकालेको छ ।

महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका छन् ।

डंगोल एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् ।

निर्वाचित डंगोलले ३ हजार ४७६ मत पाउँदा उहाँका निकटत्म प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए ।

एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत प्राप्त गरे । ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साहले दुई हजार १०६ मत पाउँदा एमालेका केशव स्थापितले एक हजार ५६८ मत र कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ ल्याए ।

प्रतिक्रिया दिनुहोस्