नीति तथा कार्यक्रम जनता अल्मलाउने शब्द जालको पुलिन्दा मात्र : ओली
काठमाडौं, जेठ १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम शब्द जालको पुलिन्दा मात्र भएको टिप्पणी गरेका छन् बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले नीति तथा कार्यक्रमबाट गठबन्धन सरकारले जनता अल्मल्याउने काम गरेको दाबी गरे।
सरकारले नीति तथा कार्यक्रम आफैं नबनाएर कतैबाट प्रतिवेदन टिपोट गरेको राखेको दाबी गरे। उनले भने, ‘नीति तथा कार्यक्रममा कस्ता छन् भने थप प्रभावकारी बनाउने, ठोस कार्ययोजना ल्याउने, सबल बनाउँदे लैजाने, आवश्यक कानुन बमोजिम गर्ने, पुनरावलोकन गर्ने, थप प्रोत्साहन गर्ने, सहज बनाइने, प्रयोग बढाइने जस्ता शब्द जालका पुलिन्दाको प्रयोग भएको छ।
के गर्ने भन्ने विषय समावेश नभएको उनको भनाई छ। देश र जनतालाई के गर्दा फाइदा हुन्छ भन्ने विषय नीति तथा कार्यक्रममा नभएको उनको दाबी छ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको बताएका छन् । नीति तथा कार्यक्रमलाई उनले ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञासमेत दिए ।
ओलीले सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गर्ने नीति राखेको दाबी गरे। उनले सरकारको कमजोरी औल्याउँदै बुँदा नम्बर १३६ ले भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको उल्लेख गरे। ‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ।’ उनले थपे ‘बुँदा नम्बर १३६ ले भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने भनेर नै उल्लेख गरेको छ । यसको अर्थ के हो ?’ ओलीले भ्रष्टाचार प्रवर्द्धन गर्ने ? यस्तो नीति तथा कार्यक्रमबाट कस्तो अपेक्षा गर्ने भन्दै प्रश्न गरे।















प्रतिक्रिया दिनुहोस्