चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको ओलीको निष्कर्ष

काठमाडौँ , जेठ ११ । यस पटकको स्थानीय तह निर्वाचनमा ठुला दलका नेताहरुले सोचे जस्तो परिणाम नआएको प्रतिक्रिया दिरहेका
छन् ।

सोहिक्रममा एमालले पनि यस पटकको चुनावमा सोचे जस्तो परिणाम नआएको बताएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको टिप्पण्णी गरेका हुन् । कांग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यसपटक एमालेमा अन्तर्घात भएको ओलीको भनाइ रहेको छ ।

वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रियता दिएका हुन् । ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।

चार(चार वटा महानगरपालिकामा आफुहरुले उपमेयरमा जितेको तर मेयर भने जित्न नसकेको भन्दै एमालले अन्तर्घातको कारणले भएको बताएको छ । यता माओवादीले पनि स्थानीय तहको निर्वाचनमा आन्तरिक सांगठनिक कमजोरीका कारण कम परिणाम आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्