सामाजिक सञ्‍जाललाई कानुन र करको दायरामा ल्याइने

काठमाडौं , जेठ १० । सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने भएको छ ।

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सञ्जाललाई कानुनको दायरामा ल्याइने उल्लेख छ।

यस्तै, डिजिटल नेपाल नेटवर्क कार्यक्रमलाई प्रभावकारी बनाइने सरकारको नीति छ।

सरकारी कार्यालयमा कागजको प्रयोग क्रमश कम गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्