बालेनको फराकिलो अग्रता, सुनिताले कटाइन् ५० हजार मत

काठमाडौँ , जेठ १० । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३ मत गनिसक्दा बालेनले ४९ हजार मत कटाएका छन् ।

बिहान सार्वजनिक पछिल्लो मत परिणामअनुसार बालेनले ४९ हजार ३५८ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छन् । बालेन सिर्जनाभन्दा १९ हजार ३८९ मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९ हजार २८४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याए ।

उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत ल्याएकी छिन् । उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मतका साथ पछ्याई राखेका छन् भने राप्रपाका उम्मेदवार बिनिता मगैयाले ९ हजार १६१ मत ल्याएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्