७३४ पालिकाको मत परिणाम सार्वजनिक : कुन पार्टीले कति जिते ?
काठमाडौं , जेठ १० । देशभरका ७५३ पालिकामध्ये अहिलेसम्म ७३४ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । २७५ नगरपालिका र ४५९ गाउँपालिका गरी ७३४ पालिकाको मत परिणाम सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।
सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३२१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २०० वटा पालिकाको प्रमुख पद जितेको छ । उसले ७७ वटा नगरपालिका र १२३ वटा गाउँपालिकामा प्रमुख जितेको हो ।
तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २४ वटा नगरपालिका र ९६ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले चार-चार वटा पालिकाको प्रमुख पद जितेका छन् । यस्तै, जनमत पार्टीले दुई तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तमलोपा र जनप्रगतिशील पार्टीले एक-एक वटा पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।
मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण
नेपाली कांग्रेस
मेयर/अध्यक्ष-३२१
उपमेयर/उपाध्यक्ष-२९५
नेकपा एमाले
मेयर/अध्यक्ष-२००
उपमेयर/उपाध्यक्ष-२२८
माओवादी केन्द्र
मेयर/अध्यक्ष-१२०
उपमेयर/उपाध्यक्ष-१२८
जसपा
मेयर/अध्यक्ष-२९
उपमेयर/उपाध्यक्ष-३०
एकीकृत समाजवादी
मेयर/अध्यक्ष-१९
उपमेयर/उपाध्यक्ष-२१
लोसपा
मेयर/अध्यक्ष-१५
उपमेयर/उपाध्यक्ष-११
राप्रपा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-४
जनमोर्चा
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष-४
उपमेयर/उपाध्यक्ष-३
जनमत पार्टी
मेयर/अध्यक्ष-२
उपमेयर/उपाध्यक्ष-१
मजदुर किसान पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
तमलोपा
मेयर/अध्यक्ष-१
जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
विवेकशील साझा
मेयर/अध्यक्ष-१
उपमेयर/उपाध्यक्ष-१
स्वतन्त्र
मेयर/अध्यक्ष-१२
उपमेयर/उपाध्यक्ष-४
प्रतिक्रिया दिनुहोस्