रेनु १० हजार भन्दा बढि मतकोसाथ अगाडी
काठमाडौं, ९ जेष्ठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार भन्दा बढि मतकोकासथ अगाडी रहेकी छन् ।
उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।
विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ । यसले दाहालको जित सुनिश्चित हुँदै गएको छ ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।मित्रसेनको पनि जित सुनिश्चत हुँर्द गएको छ ।
प्रतिक्रिया दिनुहोस्