धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा को ?

काठमाडौं, जेठ ८ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन् । साम्पाङ चार हजार सात सय ६२ मतको अन्तरले विजयी भएका हुन् ।

धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी भयो । उनका प्रतिस्पर्धी किशोर राईले १६ हजार ५९ मत ल्याए ।

त्यसैगरि धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी भएका छन् । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेमा पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्