ललितपुर महानगरका १९ वडाको परिणाम : ९ वडामा कांग्रेस र ६ वडामा एमाले विजयी, अरू कसले जिते ?
काठमाडौं , जेठ ८ । ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये हालसम्म १९ वटा वडाको मत गणनाको अन्तिम नतिजा आएको छ ।
नतिजा सार्वजनिक भएकामध्ये ९ वटा वडामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । यस्तै, ६ वटा वडामा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई र स्वतन्त्रबाट दुई उमेदवार निर्वाचित भएका छन् ।
कांग्रेसले ललितपुर महानगरपालिकाका वडा नम्बर ४, ६, ७, ८, ९, १०, ११, १४ र २० नम्बर वडामा जित्यो । एमालेले वडा नम्बर ५, १२, १५, १७, १८, १९ वडामा जित्दा एकीकृत समाजवादी वडा नम्बर २ र ३ मा जित्यो । स्वतन्त्र उमेदवारले वडा नम्बर १ र १३ मा जिते ।
ललितपुर महानगरपालिकाअन्तर्गत अहिले वडा नम्बर १६, २१, २२ र २३ को मत गणना भइरहेको छ ।
Global bank
ललितपुर महानगरपालिकामा ८५ हजार ८६१ मत खसेको थियो । त्यसमध्ये हालसम्म ६३ हजार ८२६ मत गणना सम्पन्न भएको ललितपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्