बिहे हुने खुसीमा मध्यरातसम्म नाचगान, सुतेपछि बाबुछोराकै विभत्स हत्या

काठमाडौं, जेठ ८ । सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ।

सिरहाको अर्नमा गाउँपालिका- १ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको हो।

घरमै सुतिरहेको अवस्थामा गएराति धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या भएको प्रहरीले जनाएको छ।

सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो।महिलाहरु राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि बाबुछोरा घरको छुट्टाछुट्टै कोठामा सुतेका थिए।

सुतेकै स्थानमा बुबा छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर ९डगटोली० बाट अनुसन्धान गरको छ।

यता दुवैजनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ।घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्