६ सय ९८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?

 

काठमाडौँ, जेठ ८ । स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ ।

नेकपा एमालेले १२१ गाउँपालिका र ६७ नगरपालिका गरी १८८ तहमा जितेको छ ।

नेकपा माओवादी केन्द्रले ९६ गाउँपालिका र २४ नगरपालिका गरी १२० स्थानमा विजय हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जित्दा जनता समाजवादी पार्टीले २० ओटा गाउँपालिका अध्यक्ष जितेको छ ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले ५२ ठाउँमा बिजयी भएका छन् ।

निर्बाचन आयोगका अनुसार हाल मतगणना भइरहेका स्थानमा कांग्रेस १५, एमाले १७, माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका २(२ स्थानमा अगाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्