काठमाडौँ महानगरको पछिल्लो अपडेट, कुन वडामा कसले कति मत पाए ?

काठमाडौं , जेठ ७ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट ( अपराहन्न ४ बजे, शनिबार) अनुसार बालेन शाहले ३५ हजार ३२० मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १६ हजार १३१ मतले अगाडी रहेका छन् । केशव स्थापितले १९ हजार १८९ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १९ हजार ४४ मत प्राप्त गरेकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७,, ३१ को मतगणना भैरहेको छ ।

काठमाडौँ महानगरमा अहिलेसम्म ९६ हजार ७११ मत गणना भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

मत गणना जारी रहेका वडा:

वडा नम्बर ७

लौरो- २९५६
रुख- १२५२
सुर्य- १२१६

वडा नम्बर ९

लौरो- १०९३
सुर्य- ३९०
रुख- ३०५

वडा नम्बर १०

लौरो- ७१६
रुख- ५११
सुर्य- ३१५

वडा नम्बर ११

लौरो- १७६
रुख- १६७
सुर्य- १०७

वडा नम्बर २४

सुर्य- ४२३
रुख- ३३६
लौरो- २८१
आँखीझ्याल- १५१

वडा नम्बर २५

सुर्य- ५८३
आँखीझ्याल- ५६२
रुख- ३३६
लौरो- २८१

वडा नम्बर २६

लौरो- ९०१
सुर्य- ५३६
रुख- ५३४

वडा नम्बर २७

सुर्य- ९४७
रुख- ९०५
लौरो- ५३०
आँखीझ्याल- ४००

वडा नम्बर ३१

लौरो- ४००६
रुख- २३०५
सुर्य- १९८१

गणना सकिएका वडा:

वडा नम्बर १

लौरो- ७८३
रुख- ४५१
सुर्य- ३६५

वडा नम्बर २

लौरो-१२१५
सुर्य- ७२८
रुख- ४९७

वडा नम्बर ३

लौरो- २४०६
सुर्य- १२०३
रुख- ११७०

वडा नम्बर ४

लौरो- ३९५६
सुर्य- १९२४
रुख- १५२२

वडा नम्बर ५

लौरो- १५०१
सुर्य- १०६६
रुख- ७२७

वडा नम्बर ६

लौरो- ३४७६
रुख- २२०९
सुर्य- १७५३

वडा नम्बर ८

लौरो- १३६७
रुख- ८२४
सुर्य- ६४९

वडा नम्बर २८

सुर्य- ७४१
लौरो- ७१७
रुख- ७१०

वडा नम्बर २९

लौरो- १६६८
रुख- १२३६
सुर्य- ९७५

वडा नम्बर ३०

लौरो- १७०१
रुख- १०१९
सुर्य- ७४९

वडा नम्बर ३२

लौरो- ५५२३
सुर्य- २५६६
रुख- १७७१

कूल मतदाता तीन लाख २४२ रहेको काठमाडौँ महानगरमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्