काठमाडौं महानगरमा ५१ प्रतिशत मतगणना गर्न बाँकी

काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५५३ मतले पछि पार्दै ३५ हजार १३० मत प्राप्त गरिसकेका छन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ । अभै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्