काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै, कति छ पछिल्लो मत ?

काठमाडौं , जेठ ७ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

पछिल्लो अपडेट अनुसार बालेन शाहले ३४ हजार १३० मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५८३ मतले अगाडी रहेका छन् ।

केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत प्राप्त गरेकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६ २८, २९, ३० र ३२ को मतगणना सकिएको छ र ६ वटा वडामा नेकपा एमालेले जितेको छ भने २८, २९ र ३० वडा काँग्रेसले जितेको छ । अहिले वडा नम्बर ७, ८, ९, १०, २४, २५, २६, २७,, ३१ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्