काठमाडौँ महानगर अपडेट: अहिलेसम्म कुन वडामा कसले कति मत पाए ?
काठमाडौं , जेठ ६ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले २८ हजार ६६२ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा १३ हजार ३०३ मतले अगाडी रहेका छन् । केशव स्थापितले १५ हजार ३५९ मत पाएका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १५ हजार ५७ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, २८, ३० र ३२ को मतगणना सकिएको छ र ६ वडामा नेकपा एमालेले जितेको छ भने २८ र ३० वडा काँग्रेसले जितेको छ ।
काठमाडौँ महानगरमा अहिलेसम्म ७५ हजार ४२१ मत गणना भएको निर्वाचन कार्यलयले जानकारी दिएको छ ।
अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९, ३१ को मत गणना भैरहेको छ । जसमा वडा नम्बर ६ र ३१ को मत गणना अन्तिम चरणमा पुगेको छ ।
वडा नम्बर १ (गणना सकिएको)
लौरो- ७८३
रुख- ४५१
सुर्य- ३६५
वडा नम्बर २ (गणना सकिएको) :
लौरो-१२१५
सुर्य- ७२८
रुख- ४९७
वडा नम्बर ३ (गणना सकिएको)
लौरो- २४०६
सुर्य- १२०३
रुख- ११७०
वडा नम्बर ४ (गणना सकिएको)
लौरो- ३९५६
सुर्य- १९२४
रुख- १५२२
वडा नम्बर ५ (गणना सकिएको)
लौरो- १५०१
सुर्य- १०६६
रुख- ७२७
वडा नम्बर ६ (गणना जारी)
लौरो- ३१२६
रुख- २०३०
सुर्य- १५५४
वडा नम्बर ७ (गणना जारी)
लौरो- २०४२
सुर्य- ८४०
रुख- ७६९
वडा नम्बर ८ (गणना जारी)
लौरो- ६३१
रुख- ४०३
सुर्य- ३४५
वडा नम्बर ९ (गणना जारी)
लौरो- ८७
रुख- ३७
सुर्य- २९
वडा नम्बर २५ (गणना जारी)
सुर्य- ५६
लौरो- ३२
रुख- ३१
वडा नम्बर २६ (गणना जारी)
लौरो- ३८
सुर्य- २०
रुख- १४
वडा नम्बर २७ (गणना जारी)
सुर्य- ४३८
रुख- ३१८
लौरो- २२८
वडा नम्बर २८ (गणना सकिएको)
सुर्य- ७४१
लौरो- ७१४
रुख- ७१०
वडा नम्बर २९ (गणना जारी)
लौरो- १५१०
रुख- १५१०
सुर्य- १११०
वडा नम्बर ३० (गणना सकिएको)
लौरो- १७०१
रुख- १०१९
सुर्य- ७४९
वडा नम्बर ३१ (गणना जारी)
लौरो- ३२४९
रुख- १८५४
सुर्य- १७१६
वडा नम्बर ३२ (गणना सकिएको)
लौरो- ५४४०
सुर्य- २४७५
रुख- १९९५
कूल मतदाता तीन लाख २४२ रहेको काठमाडौँ महानगरमा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्