यस्ता छन् : नीलकण्ठ नगरपालिकाको प्रमुख, उपप्रमुख र १४ वटै वडाअध्यक्ष सहितका बिजयीहरुको मत परिणाम

काठमाडौं, ५जेठ । नीलकण्ठ नगरपालिका मेयरमा पुनः नेपाली कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गानाले १४,५७५ मत ल्याई विजयी भएका हुन् । उप प्रमुखमा माओवादी केन्द्रका दिपक विश्वकर्मा ९,६९३ मत प्राप्त गर्दै विजयी भएका छन् ।

नीलकण्ठ नगरपालीका वर्डा नं. १ को वडाध्यक्षमा माओवाली केन्द्रका गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ६ सय ५५ मत ल्याई विजयी भएका हुन् ।
सदस्यहरुमा माओवादी केन्द्रका देवराज गुरुङ्गले ५ सय ४३ मत प्राप्त गरि बिजयी भएका छन् । आर्का सदस्यमा माओवादी कै तेज बहादुर तामाङ्गले ५ सय ११ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा प्रक्षा तामाङ्ग बजियी भएका छन् । उनले ५सय ५२ मत प्राप्त गरि बिजयी भएका हुन् । दलित महिला सदस्यमा भने उम्मेदवारी नै परेन ।

त्यसै गरि नीलकण्ठ नगरपालीका २ को वडाध्यक्षमा माओवादी केन्द्रका ध्वज बहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय ४४ मत ल्याइ विजयी भएका हुन ।
त्यस्तै सदस्यहरुमा माओवदी केन्द्रका द्वारीका दाहाल निर्वाचित भएका छन् । उनले ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै अर्का सदस्य माओवादी केन्द्रका ज्ञान बहादुर राना मगर ८ सय ६२ मत ल्याएर निर्वाचीत भएका छन् । त्यस्तै महिला सदस्यमा माओवादी केन्द्रका दुर्गा गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय ९५ मत ल्याए । त्यस्तै दलीत महिला सदस्यमा माओवादी केन्द्रकै निरमाया मिजार ८ सय ६१ मत ल्याएर विजयी भइन् ।

यसैगरि वडा नं ३ को वडाध्यक्षमा स्वतन्त्रका राज कुमार श्र्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ सय ३९ मत ल्याइ विजयी भएका हुन् ।
त्यस्तै सदस्यहरुमा कांग्रेसका सन्तोस थापा निर्वाचित भएका छन् । उनले ९ सय ३ मत ल्याएका छन् । अर्का सदस्य नेपाली कांग्रेसका रोशन कुमार श्रेष्ठले ८ सय ८६ मत ल्याइ विजयी भए । महिला सदस्यमा नेपाली कांग्रेसकी चिना माया श्र्रेष्ठ विजय भएकी छन् । उनले ९ सय ६५ मत ल्याइन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी सम्झना विक विजयी भइन् । उनले एक हजार ५८ मत ल्याएर विजयी भएकी हुन् ।

यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ४ को वडाध्यक्षमा एमालेका हरि बहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय मत ल्याइ निर्वाचित भएका हुन् ।
त्यसै गरि सदस्यहरुमा एमालेका नवराज सि ठकुरी निर्वाचित भएका छन् । उनले ९ सय २१ मत ल्याएर विजयी भएका हुन् । अर्का सदस्यमा एमालेकै हेमबहादुर श्रेष्ठ निर्वातिच भएका छन् । त्यस्तै महिला सदस्यमा एमालेकी वविता शाह ठकुरी निर्वाचित भएकी छन् । उनले ९ सय ६१ मत ल्याएर विजय भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा एमालेका डालीया बहादु थापा नेपाली विजयी भएका छन् । उनले ९सय ६८ मत ल्याइ निर्वाचित भएका हुन् ।

यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ५ को वडाध्यक्षमा माओवादी केन्द्रका रामबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ४० मत ल्याएर विजय भएका हुन् ।
त्यसैगरि सदस्यहरुमा माओवादी केन्द्रका राजाराम ढुंगाना विजय भएका छन। उनले एक हजार ४७ मत ल्याए । त्यसै गरि अर्का सदस्यमा माओवादी केन्द्रकै प्रेमबहादुर मगरले ९ सय ६४ मत ल्याएर विजय भएका छन् । महिला सदस्यहरुमा माओवादी केन्द्रकी सरिता श्रेष्ठले एक हजार १ मत ल्याएर विजयी भइन् भने दलीत महिला सदस्यमा माओवादी केन्द्रकै मुना सिरमलले एक हजार ३१ मत ल्याएर विजय भइन् ।

यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्र कुमार श्र्रेष्ठ विजयी भएका छन् । उनले र माओवादी केन्द्रका लक्ष्मण रम्तेलले बराबरी मत ल्याएका थिए । त्यस मध्य एक छान्नको लागि गोला प्रथा गरिएको थियो । जसमा विजय हासलि भने भुपेन्द्र कुमार श्र्रेष्ठले गरे । उनीहरु दुबैले ७ सय ३८ मत ल्याएका थिए । त्यसैगरि सदस्यहरुमा नेपाली कांगेसका कमल रिजाल निर्वाचित भएका छन् । उनले ६ सय ९७ मत ल्याए । त्यसै गरि अर्का सदस्य कांग्रेसकै रेशम बहादुर दर्लामी मगरले ६ सय ९१ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेकी बुद्धि गुरुङले ७ सय २० मत ल्याएर निर्वाचित भएकी छन् । दलीत महिला सदस्यमा नेपाली कांग्रेसकी चनमती मक्राती विजयी भइन् । उनले ७ सय २२ मत ल्याइन ।

यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका गौतम हरि अधिकारी विजयी भएका छन् । उनी ११ सय २ मत ल्याएर निर्वाचित भएका हुन । त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका युवराज पोखरेलले ९ सय ७० मत ल्याएर निर्वाचित भएका छन् । अर्का सदस्य कांग्रेसकै राजन अधिकारी ९सय ३४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा कांग्रेसकी मन्जु मगर निर्वाचित भएकी छन् । उनले एक जार ४२ मत ल्याएर विजय भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा नेपाली कांग्रेसकै सविता नेपाली विजयी भएकी छन् । उनले एक हजार ४० मत ल्याइ निर्वाचित भएकी हुन् ।

त्यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ८ को वडाध्यक्षमा स्वतन्त्रका प्रकाश कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ५३ मत प्राप्त गरे
त्यसैगरि सदस्यहरुमा स्वतन्त्रका उमेश मगरले एक हजार ८५ मत ल्याएर विजयी हासिल गरेका छन् भने अर्का सदस्य स्वतन्त्रकै हरिप्रसाद काप्री एक हजार १८ ल्याइ निर्वाचित भए । त्यस्तै महिला सदस्यमा स्वतन्त्रकै दुर्गा अधिकारीले एक हजार एक सय अठार मत ल्याएर विजयी भइन् । त्यस्तै दलीत महिला सदस्यमा स्वतन्त्रकै बिमला बराइली निर्वाचित भएकी छन् । उनले एक हजार एक सय बयालीस मत प्राप्त गरिन् ।

त्यसैगरी नीलकण्ठ नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन बराइली विजयी भएका छन् । उनले ११ सय ८८ मत प्राप्त गरे
सदस्यहरुमा नेपाली कांग्रेसका सुनिल थापामगरले १२ सय एक मत ल्याएर विजयी भए भने अर्का सदस्य कांग्रेसका भद्रबहादुर गुरुङ्ग ११सय ७३ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा कांग्रेसकी छनु माया गुरुङ निर्वाचित भइन् । उनले १२ सय ३७ मत ल्याइन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी कविता बिक परियार निर्वाचित भएकी छन् । उनले १२ सय ३७ मत प्राप्त गरिन् ।

त्यसैगरि नीलकण्ठ नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेपाली कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् । उनले ६ सय ३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । सदस्यहरुमा नेपाली कांग्रेसका हिम प्रसाद पाठकले ६ सय सय ३५ मत ल्याएर विजयी भए भने अर्का सदस्य कांग्रेस खिरेन्द्र प्रसाद तिमल्सिनाले ६ सय सय ९ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा कांग्रेसकी सरिता धरेल निर्वाचित भइन् । उनले ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी निर्मला दमाई निर्वाचित भएकी छन् । उनले ५ सय ९७ मत प्राप्त गरिन् ।

नीलकण्ठ नगरपालि ११ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर श्रेष्ठ बजयी भएका छन् । उनले ८३५ मत ल्याई बिजयी भएका हुन् ।
सदस्यहरुमा नेपाली काँग्रेसका विवेक धमला निर्वाचित भएका छन् । उनले ७८३ मत ल्याई बजियी भएका हुन् । अर्का सदस्यमा काँग्रेसकै भिमसेन बहादुर गुरुङ्गले ७२७ मत ल्याई निर्वाचित भए । त्यस्तै महिला सदस्यमा काँग्रेस कै निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । उनले ७३६ मत ल्याएका छन् । त्यस्तै दलित महिला सदस्यमा कोपिला नेपाली रोक्का निर्वाचित भएका छन् । उनले ७९२ मत ल्याई बिजयी भएका हुन् ।

नीलकण्ठ नगरपालिका वडा नं १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका धर्मराज भण्डारी विजयी भएका छन् । उनले एक हजार ४५ मत प्राप्त गर्दै जित हासिल गरे । त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका राम प्रसाद रिजाल विजयी भएका छन् । रिजाल एक हजार ११ मत ल्याएर विजयी भए भने अर्का सदस्यमा कांग्रेसकै गोविन्द सापकोटाले ९ सय सय ४७ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा कांग्रेसकी सानु मैयाँ राउत निर्वाचित भइन् । उनले ९ सय २७ मत प्राप्त गरिन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी काली रोक्का निर्वाचित भएकी छन् । उनले ९ सय ३७ मत प्राप्त गरिन् ।

तयस्तै नीलकण्ठ नगरपालिका वडा नं १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सोम बहादुर गुरुङ विजयी भएका छन् । उनले एक हजार १९ मत प्राप्त गरे सदस्यहरुमा नेपाली कांग्रेसका धनेन्द्र गुरुङ विजयी भएका छन् । उनले एक हजार २५ मत ल्याए भने अर्का सदस्यमा कांग्रेसकै एलीना गुरुङल ९ सय सय ८२ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा कांग्रेसकी सान्ता थापा निर्वाचित भइन् । उनले एक हजार १८ मत प्राप्त गरिन् ् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी राम्री नेपाली निर्वाचित भएकी छन् । उनले एहजार २८ मत मत प्राप्त गरिन् ।

तयस्तै नीलकण्ठ नगरपालिका वडा नं १४ को वडाध्यक्षमा माओवादी केन्द्रका नवराज दुवाडी विजयी भएका छन् । उनले ९ सय ८५ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । सदस्यहरुमा माओवादीका भिम बहादुर गुरुङ विजयी भएका छन् । उनले ७सय ७८ मत ल्याए भने अर्का सदस्यमा सुर्य बहादुर तामाङ ७ सय सय ४२ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा माओवादीकी कमला तामाङ निर्वाचित भइन् । उनले ९ सय ४ मत प्राप्त गरिन् । त्यस्तै दलीत महिला सदस्यमा माओवादी केन्द्रकी गीता परियार निर्वाचित भएकी छन् । उनले ८ सय ६३ मत मत प्राप्त गरिन् ।

तस्बिरः कमल सापकोटा, फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्