यस्ता छन् नीलकण्ठ नगरपालिकाको १४ वटै वडाअध्यक्ष सहितको नतिजा

काठमाडौं । नीलकण्ठ नगरपालिका, वडा नं. १ को वडाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर गुरुङ निर्वाचित भएको छन् । उनले ६ सय ५५ मत ल्याई विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दीहरु एमालेका मानबहादुर तामाङ्गले ४सय ६५ मत ल्याए । नेपाली काँग्रेसका भुपाल गुरुङ्गले ९० मत मात्र पाए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका श्री माया तामाङ्गले १४ मत र एकिकृत समाजवादीका विशाल गुरुङ्गले २ मत पाए । स्वतन्त्रका रेशम बहादुर तामाङ्ग र पुशमान तामाङ्गले एक मत पनि पाएनन् ।
सदस्यहरुमा माओवादी केन्द्रका देवराज गुरुङ्गले ५ सय ४३ मत प्राप्त गरि बिजयी भएका छन् । आर्का सदस्यमा माओवादी कै तेज बहादुर तामाङ्गले ५ सय ११ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा माओवादी केन्द्रका प्रक्षा तामाङ्ग बजियी भएका छन् । उनले ५सय ५२ मत प्राप्त गरि बिजयी भएका हुन् । दलित महिला सदस्यमा भने उम्मेदवारी नै परेन ।

त्यसै गरि नीलकण्ठ नगरपालिका, वडा नं. २ को वडाध्यक्षमा माओवादी केन्द्रका धोज बहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय ४४ मत ल्याइ विजयी भएका हुन । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका भोज बहादुर थापामगरले ८ सय ७ मत ल्याए । त्यस्तै एमालेका तिल बहादुर गुरुङ ७ सय ७७ मत ल्याए । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्शन बहादुर गुरुङले १५ मत पाए भने स्तन्त्र उम्मेद्वार कृष्ण बहादुर गुरुङले एक मत पनि पाएनन् ।

त्यस्तै सदस्यहरुमा माओवदी केन्द्रका द्वारीका दाहाल निर्वाचित भएका छन् । उनले ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै अर्का सदस्य माओवादी केन्द्रका ज्ञान बहादुर राना मगर ८ सय ६२ मत ल्याएर निर्वाचीत भएका छन् । त्यस्तै महिला सदस्यमा माओवादी केन्द्रका दुर्गा गुरुङ निर्वाचित भएका छन् । उनले ८ सय ९५ मत ल्याए । त्यस्तै दलीत महिला सदस्यमा माओवादी केन्द्रकै निरमाया मिजार ८ सय ६१ मत ल्याएर विजयी भइन् ।

यसैगरि नीलकण्ठ नगरपालिका, वडा नं. ३ को वडाध्यक्षमा स्वतन्त्रका राज कुमार श्र्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ सय ३९ मत ल्याइ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपी कृष्ण भण्डारीले ६ सय २९ मत ल्याए । त्यस्तै माओवादी केन्द्रका नारायण कुमार श्र्रेष्ठले ३ सय ३४ मत ल्याए । त्यसै गरि एमालेका किरण पाठकले २ सय ४१ मत ल्याए । राप्रपाका खड्ग भुवन श्र्रेष्ठले ३२ मत ल्याए । त्यस्तै एकीकृत समाजवादीका गणेश कुमार श्र्रेष्ठले एक मत पनि पाएनन् ।
त्यस्तै सदस्यहरुमा कांग्रेसका सन्तोस थापा निर्वाचित भएका छन् । उनले ९ सय ३ मत ल्याएका छन् । अर्का सदस्य नेपाली कांग्रेसका रोशन कुमार श्र्रेष्ठले ८ सय ८६ मत ल्याइ विजयी भए । महिला सदस्यमा नेपाली कांग्रेसकी चिना माया श्र्रेष्ठ विजय भएकी छन् । उनले ९ सय ६५ मत ल्याइन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी सम्झना विक विजयी भइन् । उनले एक हजार ५८ मत ल्याएर विजयी भएकी हुन् ।

यसैगरि नीलकण्ठ नगरपालिक, वडा नं. ४ को वडाध्यक्षमा एमालेका हरि बहादुर श्र्रेष्ठ विजयी भएका छन् । उनले ११ सय मत ल्याइ निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकुमार रानाले ६सय ४७ मल ल्याए । त्यस्तै माओवदी केन्द्रका रामबहादुर श्रेष्ठले ४३ मत पाए । राप्रपाका दिल बहादुर मल्लले ३८ मत पाए । मंगोल नेश्नल अर्गनाइजेसनका हरि बहादुर गुरुङले १४ मत ल्याए । यसैगरि एकीकृत समाजवादीका रेशम बहादुर खान ठकुरीले ३ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेद्वार राजकुमार श्र्रेष्ठ र कृष्ण बहादुर श्र्रेष्ठले एक मत पनि ल्यायन् ।
त्यसै गरि सदस्यहरुमा एमालेका नवराज सि ठकुरी निर्वाचित भएका छन् । उनले ९ सय २१ मत ल्याएर विजयी भएका हुन् । अर्का सदस्यमा एमालेकै हेमबहादुर श्रेष्ठ निर्वातिच भएका छन् । त्यस्तै महिला सदस्यमा एमालेकी वविता शाह ठकुरी निर्वाचित भएकी छन् । उनले ९ सय ६१ मत ल्याएर विजय भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा एमालेका डालीया बहादु थापा नेपाली विजयी भएका छन् । उनले ९सय ६८ मत ल्याइ निर्वाचित भएका हुन् ।

यसैगरि नीलकण्ठ नगरपालिका , वडा नं. ५ को वडाध्यक्षमा माओवादी केन्द्रका रामबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ४० मत ल्याएर विजय भएका हुन् । उनका निकटम प्रतिद्वन्दी कांग्रेसका क्षेत्र बहादुर थापामगरले ९ सय १५ मत प्राप्त गरे । त्यस्तै एमालेका भिम बहादुर थापा मगरले ५सय ८३ मत ल्याए । अर्का स्वतन्त्र उम्मेद्वार कर्मबहादुर बरामले एक मत पाए भने स्वतन्त्रकै सुरेन्द्र श्र्रेष्ठ र हेम प्रसाद जमकटेलले एक मत पनि पाएनन् ।

त्यसैगरि सदस्यहरुमा माओवादी केन्द्रका राजाराम ढुंगाना विजय भएका छन ्। उनले एक हजार ४७ मत ल्याए । त्यसै गरि अर्का सदस्यमा माओवादी केन्द्रकै प्रेमबहादुर मगरले ९ सय ६४ मत ल्याएर विजय भएका छन् । महिला सदस्यहरुमा माओवादी केन्द्रकी सरिता श्र्रेष्ठले एक हजार १ मत ल्याएर विजयी भइन् भने दलीत महिला सदस्यमा माओवादी केन्द्रकै मुना सिरमलले एक हजार ३१ मत ल्याएर विजय भइन् ।

यसैगरि नीलकण्ठ नगरपालिका,वडा नं. ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्र कुमार श्र्रेष्ठ विजयी भएका छन् । उनले र माओवादी केन्द्रका लक्ष्मण रम्तेलले बराबरी मत ल्याएका थिए । त्यस मध्य एक छान्नको लागि गोला प्रथा गरिएको थियो । जसमा विजय हासलि भने भुपेन्द्र कुमार श्र्रेष्ठले गरे । उनीहरु दुबैले ७ सय ३८ मत ल्याएका थिए । त्यस्तै एमालेका उम्मेद्वार अम्बर बहादुर मगरले ४३ मत ल्याए । अर्का राप्रपाका सारदा शंकर राज भण्डारीले ३० मत पाए । एकीकृत समाजवादीका गणेश प्रसाद रिजालले २६ मत ल्याए नेपाली जनतादलका राजाराम परियारले ५ मत पाए भने अर्का स्वतन्त्र उम्मेद्वार अमृत भारतीले २ मत पाए ।
त्यसैगरि सदस्यहरुमा नेपाली कांगेसका कमल रिजाल निर्वाचित भएका छन् । उनले ६ सय ९७ मत ल्याए । त्यसै गरि अर्का सदस्य कांग्रेसकै रेशम बहादुर दर्लामी मगरले ६ सय ९१ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा नेपाली कांग्रेकी बुद्धि गुरुङले ७ सय २० मत ल्याएर निर्वाचित भएकी छन् । दलीत महिला सदस्यमा नेपाली कांग्रेसकी चनमती मक्राती विजयी भइन् । उनले ७ सय २२ मत ल्याइन ।

यसैगरि नीलकण्ठ नगरपालिका, वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेस गौतम हरि अधिकारी विजयी भएका छन् । उनी ११ सय २ मत ल्याएर निर्वाचित भएका हुन । उनका निकटम प्रतिद्वन्दी माओवदीका मेघराज पोखरेलले ५ सय ९२ मत ल्याए । त्यस्तै एमालेका इश्वरी प्रसाद अधिकारीले ४ सय ९९ मत प्राप्त गरे । राप्रपाका मिन बहादुर मगरले ११ पाए । लोकतान्त्रीक समाजवादीका होम बहादुर श्र्रेष्ठले एक मत पनि पाएन्् ।
त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका युवराज पोखरेलले ९ सय ७० मत ल्याएर निर्वाचित भएका छन् । अर्का सदस्य कांग्रेसकै राजन अधिकारी ९सय ३४ मत ल्याएर विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा कांग्रेसकी मन्जु मगर निर्वाचित भएकी छन् । उनले एक जार ४२ मत ल्याएर विजय भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा नेपाली कांग्रेसकै सविता नेपाली विजयी भएकी छन् । उनले एक हजार ४० मत ल्याइ निर्वाचित भएकी हुन् ।

त्यसैगरि नीलकण्ठ नगरपालिका वडा नं ८ को वडाध्यक्षमा स्वतन्त्रका प्रकाश कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ११ सय ५३ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी एमालेका जित बहादुर कुमालले ४ सय १२ मत ल्याए । कांग्रेसका रमेश कोइरालाले ३ सय ६३ मत ल्याए । त्यस्तै माओवादी केन्द्रका बद्री प्रसाद सुवेदीले १ सय २ मत ल्याए । अर्का राप्रपाका रामकाजी पौडेले १८ मत ल्याए भने लोकतान्त्रिक समाजवादीका मसिने दर्जीले ५ मत र स्वतन्त्र उम्मेद्वार विष्णु हरि लम्सालले एक मत पाए । त्यसैगरि सदस्यहरुमा स्वतन्त्रका उमेश मगरले एक हजार ८५ मत ल्याएर विजयी हासिल गरेका छन् भने अर्का सदस्य स्वतन्त्रकै हरिप्रसाद काप्री एक हजार १८ ल्याइ निर्वाचित भए । त्यस्तै महिला सदस्यमा स्वतन्त्रकै दुर्गा अधिकारीले एक हजार एक सय अठार मत ल्याएर विजयी भइन् ।
त्यस्तै दलीत महिला सदस्यमा स्वतन्त्रकै बिमला बराइली निर्वाचित भएकी छन् । उनले एक हजार एक सय बयालीस मत प्राप्त गरिन् ।

यता नीलकण्ठ नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजन बराइली विजयी भएका छन् । उनले ११ सय ८८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी एमालेका नविन धमलाले एक हजार ३४ मत ल्याए । राप्रपाका नन्दराम कमीले १४ मत प्राप्त गरे । स्वतन्त्र उम्मेद्वारा बिनोद रेग्मी, भोजबहादुर अधिकारी , विल्पीन अधिकारीले एक मत पनि पाएनन् ।

त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका सुनिल थापामगरले १२ सय एक मत ल्याएर विजयी भए भने अर्का सदस्य कांग्रेसका भद्रबहादुर गुरुङ्ग ११सय ७३ मतसिहत निर्वाचित भए । त्यस्तै महिला सदस्यमा कांग्रेसकी छनु माया गुरुङ निर्वाचित भइन् । उनले १२ सय ३७ मत ल्याइन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी कविता बिक परियार निर्वाचित भएकी छन् । उनले १२ सय ३७ मत प्राप्त गरिन् ।

त्यसैगरि नीलकण्ठ नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेपाली कांग्रेसका सरोज पाण्डे विजयी भएका छन् । उनले ६ सय ३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी माओवादी केन्द्रका कुमार थापामगरले ५ सय ५० मत प्राप्त गरे । एमालेका राजाराम पाठकले ४ सय २ मत ल्याए भने जनता समाजवादी पार्टीका गणेश तिमल्सिनाले ८८ प्राप्त गरे । स्वतन्त्र उम्मेद्वारा खड्क बाहादु पाण्डेले एक मत पनि पाएनन् ।
त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका हिम प्रसाद पाठकले ६ सय सय ३५ मत ल्याएर विजयी भए भने अर्का सदस्य कांग्रेस खिरेन्द्र प्रसाद तिमल्सिनाले ६ सय सय ९ मतसिहत निर्वाचित भए ।त्यस्तै महिला सदस्यमा कांग्रेसकी सरिता धरेल निर्वाचित भइन् । उनले ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी निर्मला दमाई निर्वाचित भएकी छन् । उनले ५ सय ९७ मत प्राप्त गरिन् ।

नीलकण्ठ नगरपालिका, ११ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर श्रेष्ठ बजयी भएका छन् । उनले ८३५ मत ल्याई बिजयी भएका हुन् । उनको निकतम प्रतिद्वन्दी एमालेका उमेश विष्टले ७०३ मत ल्याए । त्यस्तै माओवादी केन्द्रका चन्द्र बहादुर लम्सालले ५७९ मत पाए । समाजवादीका असिम कुमार लम्सालले १० मत पाए भने स्वतन्त्र उम्मेदवार डम्बर बहादु अधिकारी र गीता बहादुर लामिछाने र शुसिल लम्सालले एक मत पनि पाएनन् ।
त्यस्तै सदस्यहरुमा नेपाली काँग्रेसका विवेक धमला निर्वाचित भएका छन् । उनले ७८३ मत ल्याई बजियी भएका हुन् । अर्का सदस्यमा काँग्रेसकै भिमसेन बहादुर गुरुङ्गले ७२७ मत ल्याई निर्वाचित भए ।
त्यस्तै महिला सदस्यमा काँग्रेस कै निर्मला श्रेष्ठ निर्वाचित भएका छन् । उनले ७३६ मत ल्याएका छन् । त्यस्तै दलित सदस्यमा कोपिला नेपाली रोक्का निर्वाचित भएका छन् । उनले ७९२ मत ल्याई बिजयी भएका हुन् ।

नीलकण्ठ नगरपालिका वडा नं १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका धर्मराज भण्डारी विजयी भएका छन् । उनले एक हजार ४५ मत प्राप्त गर्दै जित हासिल गरे । उनका निकटम प्रतिद्वन्दी एमालेका बाबुराम लम्सालले ७ सय ३९ मत प्राप्त गरे । माओवादी केन्द्रका नवराज मजाकोटीले ५९ मत ल्याए भने राप्रपाका उद्धव प्रसाद खनालले १२ मत प्राप्त गरे । एकीकृत समाजवादीका प्रकाश लम्सालले ५ मत र स्तन्त्रका नवराज दुवाडिले एक मत पनि पाएनन् ।
त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका राम प्रसाद रिजाल विजयी भएका छन् । रिजाल एक हजार ११ मत ल्याएर विजयी भए भने अर्का सदस्यमा कांग्रेसकै गोविन्द सापकोटाले ९ सय सय ४७ मतसिहत निर्वाचित भए ।
त्यस्तै महिला सदस्यमा कांग्रेसकी सानु मैयाँ राउत निर्वाचित भइन् । उनले ९ सय २७ मत प्राप्त गरिन् ् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी काली रोक्का निर्वाचित भएकी छन् । उनले ९ सय ३७ मत प्राप्त गरिन् ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नं १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका सोम बहादुर गुरुङ विजयी भएका छन् । उनले एक हजार १९ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी एमालेका मसिना तामाङले ३ सय ४० मत प्राप्त गरिन् । माओवादी केन्द्रका प्रेमबहादुर गुरुङले १सय ८५ मत ल्याए भने राप्रपाका कुल बहादुर थापाले ८ मत र स्वतन्त्रका उम्मेद्वार टंक प्रसाद धमलाले ४ मत प्राप्त गरे ।
त्यसै गरि सदस्यहरुमा नेपाली कांग्रेसका धनेन्द्र गुरुङ विजयी भएका छन् । उनले एक हजार २५ मत ल्याए भने अर्का सदस्यमा कांग्रेसकै एलीना गुरुङल ९ सय सय ८२ मतसिहत निर्वाचित भए ।
त्यस्तै महिला सदस्यमा कांग्रेसकी सान्ता थापा निर्वाचित भइन् । उनले एक हजार १८ मत प्राप्त गरिन् ् । त्यस्तै दलीत महिला सदस्यमा कांग्रेसकी राम्री नेपाली निर्वाचित भएकी छन् । उनले एहजार २८ मत मत प्राप्त गरिन् ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नं १४ को वडाध्यक्षमा माओवदी केन्द्रका नवराज दुवाडी विजयी भएका छन् । उनले ९ सय ८५ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका भुवन बहादुर सापकोटाले ७ सय २३ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका श्याम बहादुर तामाङले ६ सय ३ मत ल्याए भने राप्रपाका रवि शाहले ४० मत ल्याए । मंगोल नेश्नल अर्गनाइजेशनका सते बहादुर तामाङले २५ मत ल्याए । एकीकृत समाजवादीका राजु गुरुङले ४ मत र स्वतन्त्रका उम्मेद्वारा राज कुमार श्र्रेठले एक मत पानि पाएनन् । त्यसै गरि सदस्यहरुमा माओवादीका भिम बहादुर गुरुङ विजयी भएका छन् । उनले ७सय ७८ मत ल्याए भने अर्का सदस्यमा सुर्य बहादुर तामाङ ७ सय सय ४२ मतसिहत निर्वाचित भए ।
त्यस्तै महिला सदस्यमा माओवादीकी कमला तामाङ निर्वाचित भइन् । उनले ९ सय ४ मत प्राप्त गरिन् । त्यस्तै दलीत महिला सदस्यमा माओवादी केन्द्रकी गीता परियार निर्वाचित भएकी छन् । उनले ८ सय ६३ मत मत प्राप्त गरिन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्