४८ सालदेखिको एमालेको जनमत तलमाथि भएको छैन : प्रदीप ज्ञवाली
काठमाडौं, जेठ ५ । नेकपा ( एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गरेका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको बताएका हुन्।
उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा मात्र गठबन्धनका कारण आफूहरुको पराजय भएको बताए। ४८ सालदेखि आएको एमालेको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उनको दाबी छ।
उपमहासचिव ज्ञवालीले नेकपा ( एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएका टिप्पणी समेत गरे।















प्रतिक्रिया दिनुहोस्