नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना पुनः बिजयी, उपमेयरमा विश्वकर्मा
काटमाडौं , जेठ ५ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका मेयरमा पुनः नेपाली कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गानाले १४, ५७५ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ ९ मत ल्याईन ।राप्रपाका श्याम बहादुर सिंह ठकुरीले ४ सय ४७ , जनता समाजवादीका तारालाल धरेलले ३१७ , मंगोल नेश्लन अर्गनाइजेसनका विर बहादुर तामाङले १८ मत ल्याए , त्यसै गरि स्वतन्त्रका उम्मेद्वार बोद्धनाथ दुवाडिले ९२ मत ल्याए , जनजागरणका कालबहादुर विकले ७७ मत , नेृपाली जन्तादलका देविकला परियारले २१ मत, स्वतन्त्रका उम्मेद्वारहरु प्रेम बहादुर गुरुङ ३ मत, काजी श्रेष्ठ ३ मत , बलराम श्र्रेठले १ मत प्राप्त गरेका छन् । उप प्रमुखमा माओवादी केन्द्रका दिपक विश्वकर्मा ९,६९३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका प्रतिद्वन्दी एमालेका फन्द्रा तामाङले ७, ९१३ मत ल्याए । स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीले ४, ६२२ मत ल्याइन् । त्यस्तै राप्रपाका पार्वती कोइरालाले ४२५ मत प्राप्त गरिन , मंगोल नेश्लन अर्गनाइजेसन समिता तामाङ ७४ मत, जनजनागरणका कोपी तामाङ १४ र स्वतन्ँत्र उम्मेद्वार हरि बहादुर लक्सालले ७ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्