धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, जेठ ५ । धनगढी उपमहानगरको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले सात हजार आठ सय ३२ मतान्तरले अग्रता लिएका छन्। ३३ हजार ६ सय ५२ मत गणना हुँदा हमालले १५ हजार चार सय २८ मत पाएका छन्।
गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले सात हजार पाँच सय ९६ मत पाएका छन्। नेकपा एमालेका रणबहादुर चन्द तीन हजार पाँच सय १३ मतसहित तेस्रो स्थानमा छन्।
धनगढीमा मतगणना भएका हरेक वडामा स्वतन्त्र उम्मेदवार हमालले बढी मत पाइरहेका छन्। उनले सुरुबाटै अग्रता लिइरहेका छन्। वड निवर्तमान मेयरसमेत हुन्। ०७४ को निर्वाचनमा वडले हमाललाई पराजित गरेका थिए।
उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार नौ सय ८३ मत पाएर अग्रता लिइरहेकी छिन्।
उपमेयरमा एमालेकी कन्दकलाकुमारी रानाले ६ हजार ९६ मत पाएकी छिन्। उपमेयरकै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले तीन हजार आठ सय ४८ मत पाएका छन्। धनगढीमा अझै करिब आधा मत गन्न बाँकी छ।















प्रतिक्रिया दिनुहोस्