५४० पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?
काठमाडौँ , जेठ ५ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ५४० पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा र केही स्वतन्त्रले पालिका अध्यक्ष जितेका छन् ।
पछिल्लो विवरणअनुसार कांग्रेसले २४३, एमालेले १५४, माओवादी केन्द्रले १०१, नेकपा एकीकृत समाजवादीले १२, जसपा ९, राप्रपा २ लोसपा १ र १६ पालिका प्रमुख स्वतन्त्र उम्मेदवारले जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले अगाडि छ भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।
कांग्रेसले ७६ स्थानमा अग्रता लिएको छ भने एमालेले ४२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले ११, जसपाले २२, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता बनाएका छन् । अन्य १५ ठाउँमा अगाडि छन् ।















प्रतिक्रिया दिनुहोस्